काठमाडौँ - दाङको कोइलावास नाका बन्द ७२ घण्टाका लागि बन्द हुने भएको छ ।
जेठको १२ गते भारतमा हुन गइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सिमा नाका बन्द हुने व्यवस्था अनुसार कोइलावास नाका जेठको १२ गते राती १२ बजेसम्मका लागि बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । जेठको १२ गते राती १२ बजेसम्म नेपाल–भारत सिमा क्षेत्रअन्तर्गतका सबै नाका बन्द हुने भएकाले आवातजावत नगर्न समेत सर्वसाधारण नागरिकलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया