भारतको एक कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु

३ हप्ता अगाडि

काठमाडौँ - भारतको रासायनिक कारखानामा भएको विस्फोट परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको शुक्रबार  स्थानीय अग्निनियन्त्रण विभागका अधिकारीले पुष्टि गरेका छन् ।

बिहीबार भएको बिस्पोटका कारण मृत्यु भएका थप चार जनालाई शुक्रबार घटनास्थलबाट बाहिर ल्याइएको र यससँगै विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको अग्नि नियन्त्रक विभागका अधिकारीले उल्लेख गरेका छन्।

अधिकारीका अनुसार उक्त घटनामा परी घाइत हुने व्यक्तिको सङ्ख्या ६० भन्दा बढी पुगेको छ। मुम्बईको नजिकै रहेको ठाणे जिल्लाको डोम्बिवली क्षेत्रमा अवस्थित रासायनिक कारखानामा रहेको एउटा बाष्फक इन्जिन ठूलो आवाजसहित विस्फोट भएको थियो । विस्फोटपछि कारखानाका अन्य भागमा आगो तुरुन्तै फैलिँदा अन्य विस्फोटहरू भएका थिए। विष्फोटको आवाज १.५ किलोमिटर टाढाबाट सुनिएको बताइएको छ।

३ हप्ता अगाडि

प्रतिक्रिया