सेबोनको अध्यक्ष चयनका लागि अन्तर्वार्तामा नआउनेलाई बुधबार बोलाइयो

आइतबार, ०२ असार २०८१, १८ : ४०

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आइतबारको अन्तर्वार्तामा उपस्थित नभएका उम्मेदवारलाई बुधबार बोलाइएको छ ।

अर्थ मन्त्रालयले असार २ को कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा उपस्थित हुन नसकेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ५ गते बुधबार बिहान ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा सञ्चालन हुने जनाएको हो । कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरिञ्जिवी चापागाईं आइतबार तोकिएको अन्तर्वार्तामा अनुपस्थित थिए । 

बोर्ड अध्यक्षको अन्तवार्ताका लागि सर्टलिस्टमा परेका ३ जना उपस्थित नभएपछि छनोट समितिले बोलाएको हो । छनोट समितिले मन्त्रिपरिषद् समक्ष ३ जना सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ । २ जनाले मात्र अन्तर्वार्ता दिएका कारण बाँकीलाई पुनः बोलाउनु परेको हो ।आइतबार सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको मात्र अन्तर्वार्ता भएको छ ।

 

आइतबार, ०२ असार २०८१, १८ : ४०

प्रतिक्रिया