काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कार्यभार सम्हालेको १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले आफ्नो कार्य विवरण सार्वजनिक गरेका हुन् । २०८० फागुन २३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री अर्यालले मन्त्रालयमा विद्यमान समस्या सुधारको सङ्केत देखाएका छन् । श्रमिकसँग प्रत्यक्ष जोडिएका विषयहरूमा उनले आफ्नो कार्यकालको १०० दिनमा केही राम्रा सङ्केत देखाएका हुन् ।
प्रतिक्रिया