आगामी ४ दिनसम्म अत्याधिक गर्मी

आइतबार, ०२ असार २०८१, १८ : १९

काठमाडौ - देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरुमा आगामी केही दिनसम्म अत्याधिक गर्मीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराईका जिल्ला र सुदूरपश्चिममा अझै ४ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ ।

असार ३ गते देखि २०८१ असार ६ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन अनुरोध गरेको छ ।

आइतबार, ०२ असार २०८१, १८ : १९

प्रतिक्रिया