काठमाडौं लगायत अधिकांश स्थानमा विहानैदेखि वर्षा

३ हप्ता अगाडि

काठमाडाैँ- काठमाडौंसहित देशका विभिन्न भूभागहरुका पानी परिरहेको छ। काठमाडौं, धादिङ, नुवाकोट, प्युठान, पाल्पा, गुल्मी, पर्वत, स्याङ्जा, दैलेख, दाङ लगायतका क्षेत्रमा शनिबार बिहान पानी परिरहेको मौसमविद सञ्जिव अधिकारीले जानकारी दिए।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको आंशिक प्रभावका कारण ती स्थानहरूमा बिहान हल्कादेखि मध्यम वर्षा भएको हो। अन्य भूभागमा आंशिकदेखि साधारणतया बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ‍।

शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू(भागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

३ हप्ता अगाडि

प्रतिक्रिया