साताको शेयर बजारः एकाएक देखियो बुलिस ट्रेन्ड, बजेटपछि के होला ?

३ हप्ता अगाडि

काठमाडाैंँ- दुई सातादेखि बजारमा उत्साह देखिएको छ । अधिकांश लगानीकर्ताहरु अहिलेको ट्रेन्डलाइ बजार बुलिसतर्फ उन्मुख भएको दाबी गर्छन् । यस साता नेप्से परिसूचक बुधबार सार्वजनिक बिदा परेकाले यो साता चार दिन बजार कारोबार भएको थियो । नेप्से परिसूचक ११२ दशमलव ७३ अंक (५.५८%) बढेर २,१३१.४९ मा बन्द भयो। अघिल्लो साताको तुलनामा २.६७% बढेर सूचक गत साता २,०१८.७६ मा बन्द भएकाे थियाे ।

यो साता परिसूचक २,१४०.०२ सम्म उच्च र २,०२८ दशमलव १५ सम्म पुग्यो, जसले गर्दा १११ दशमलव ८७ अंकको अस्थिरता देखिएको छ। अघिल्लो साता परिसूचकले ८६.०२ अंकको अस्थिरता देखाएको थियो । खसबैभन्दा बढी इन्ट्राडे घाटा आइतबार ४५.६९ बिन्दुले ५.२५ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २१.९९ अर्ब रहेको छ । सेयर बजारमा आइतबार निकै उत्साह छाएको छ । नेप्से सूचकसहित कारोबार रकममा पनि नयाँ उमंग देखिएको हो । यस दिन नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । विशेषगरी बिमा समूहमा अधिक चमक आएको छ । 

सबैभन्दा बढी इन्ट्राडे घाटा आइतबार ४५.६९ बिन्दुले ५.२५ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २१.९९ अर्ब रहेको छ । यो साता ३ लाख ७ हजार ६ सय ९१ कारोवारबाट ५ करोड ४२ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण रू. ३,३७९,९१०.३४ खर्ब रुपैयाँ पुगेको छ । 
मौद्रिक नीति समीक्षापछि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिन्छ । विशेषगरी समीक्षाले बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको छ । 

यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइने व्यवस्था छ । यस प्रावधानले बैंकहरुले सेयर खरिद बढाउन सक्ने देखिएको छ । यसै प्रावधानको सकारात्मक प्रभाव बजारमा परेको अनुमान गरिएको छ । अब बैंकहरुले सस्तो मूल्यका सेयरहरु खरिद गर्न सक्ने अवस्था छ । किनभने अहिले किनेको सेयर एक वर्षपछि नाफा लिएर बिक्री गर्न सक्ने अनुमति केन्द्रीय बैंकले दिएको छ ।  यस्तै, मौद्रिक नीति समीक्षाले समग्रमा कर्जा विस्तार तथा लगानी अभिवृद्धि गर्ने नीति लिएको छ । यसको सकारात्मक प्रभाव पनि परेको हुन सक्छ । यसबाहेक, ब्रोकर कमिसन पनि घटाइएको छ । जेठदेखि ब्याजदर थप घटेको छ । यी नयाँ व्यवस्थाले पनि सेयर बजारमा सकारात्मक माहोल ल्याउन सक्ने सम्भावना छ । 

आगामी दिनमा बैंकहरुको मुनाफा पनि वृद्धि हुँदै जाने संकेतहरु देखिएका छन् । यी तथ्यहरुका आधारमा अब विस्तारै अनि समग्रमा बजारले सकारात्मक बाटो समाउँदै जाने सम्भावना छ । यता, सेयर बजारमा विस्तारै सिजन सुरु हुन थालेको छ  सामान्यतयः जेठ, असार, साउन लगायतका महिनालाई सेयर बजारको सिजनका रुपमा लिने गरिन्छ । यसपटक सिजनमा नेप्सेले कस्तो पर्फमेन्स गर्ने हो त्यो भने हेर्न बाँकी नै छ । बजार विस्तारै अघि बढ्न खोजेको देखिन्छ । दीर्घकालीन लगानीकर्ताका लागि पनि सेयर खरिद गर्ने उपयुक्त यो समय हुन सक्ने देखिन्छ । यद्यपि, लगानी गर्दा वित्तीय सूचक भने अध्ययन गर्नुपर्ने हुन्छ । यता, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा पुँजी बजार सुधार गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । 


 

३ हप्ता अगाडि

प्रतिक्रिया