बसको ठक्करबाट एक जनाको मृत्यु

३ हप्ता अगाडि

काठमाडौँ - हेटौंडामा  शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौंडा अस्पतालमा राखिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया