लागु औषधसहित दुई युवक पक्राउ

३ हप्ता अगाडि

काठमाडौँ - सल्यानमा लागु औषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको छत्रेस्वरी गाउँपालिकाका २० वर्षीय पाण्डव गिरी र शारदा नगरपालिका– २ का १८ वर्षीय डिप्लप थापालाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो।

छत्रेस्वरी गाउँपालिका– ६ लान्टीदेखि शंखमुल तर्फ जाँदै गरेको रा ५ प ४९९० नम्बरको मोटरसाइकलमा  सवार उनीहरुलाई चेकजाँचका क्रममा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपीले जानकारी दिए। मोटरसाइकल चालक गिरीको पर्समा प्लास्टिकमा प्याक गरी लुकाइराखेको अवस्थामा प्लाष्टिकसहित ११० र मिलीग्राम ब्राउनसुगर फेला परेको डिएसपी कार्कीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई लागु औषध सम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया