गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५८५७ पुग्यो

३ हप्ता अगाडि

काठमाडौं - गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ९३ जना घाइते भएका छन् । 

जसबाट अक्टोबर २०२३ मा प्यालेस्टिनी–इजरायली संघर्ष शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ भने ८० हजार २९३ जना घाइते भएका छन् ।अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले शुक्रवार इजरायललाई रफाहमा आफ्नो सैन्य आक्रमण तत्काल प्रभावबाट रोक्न आदेश दिएको छ । अदालतका अध्यक्ष नवाफ सलामले मानवीय अवस्था चिन्ताजनक रहकाले सैन्य कारबाही रोक्न आवश्यक रहेको बताए । 

अदालतले इजरायललाई तथ्य पत्ता लगाउने र संयुक्त राष्ट्र संघका निकायका अन्वेषकहरूलाई नरसंहारको आरोपहरूको अनुसन्धान गर्न र सम्भावित प्रमाणहरू सुरक्षित गर्न अनुमति दिन माग गर्यो । न्यायाधीशहरूले इजरायलले एक महिना भित्र अदालतको आदेश कार्यान्वयन गर्न सबै उपायहरूको बारेमा अदालतमा रिपोर्ट पेश गर्नुपर्ने बताएका छन् । 

३ हप्ता अगाडि

प्रतिक्रिया