२५ जना महिलाहरुलाई सिलाई कटाई तालिम दिन सुरु

३ हप्ता अगाडि

काठमाडौँ - सिन्धुलीको मरिण गाउँपालिकामा महिलाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम दिन सुरु गरिएको छ । बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयको गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत मरिण गाउँपालिकाका २५ जना गृहणी महिलाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम दिन सुरु गरिएको हो ।

एक महिना सम्म संचालन हुने तालिमको शनिवार ९आज० एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरीन् । तालिमको उद्घाटन गर्दै मन्त्री मोक्तानले बागमती प्रदेशका विभिन्न जिल्लाका ३५ स्थानिय तहमा गृहणी महिला शसंक्तिकरण कार्यक्रम संचालनको लागि बजेट विनियोजन भएको बताईन्। महिलाहरुलाई सिप सिकाई स्वरोजगार र आत्मनिर्भर बनाउन गार्मेट उद्योग संचालन गर्ने लक्ष्य सहित यो कार्यक्रम ल्याईएको मन्त्री मोक्तानले बताईन्। मन्त्री मोक्तानले आफैले सिप सिकेर आर्थिक उपार्जन गर्न सकेमा महिला हिँसाको कमी हुनुका साथै सुखी परिवार बनाउन समेत टेवा पुग्ने भन्दै अल्छी नगरी सिप सिक्न महिलाहरुलाई आग्रह गरीन्  ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले महिलाहरुलाई नियमित रोजगारी सिर्जना गर्ने गरी गार्मेट उद्योग स्थापना गर्ने लक्ष्य सहित सिलाई कटाई तालिम दिईएको बताईन् । समाजमा महिला, पुरुष बिच समानता ल्याउन चुलोचौकोमा सिमित रहेका महिलाहरुलाई सिप सिकाई आर्थिक रुपमा सक्षम बनाउन अति जरुरी रहेकाले यो तालिम संचालन गरिएको बताईन्।  सिप सिकाई दक्ष बनार पालिकामै गार्मेट उद्योग स्थापना गर्ने योजना रहेको अध्यक्ष मुक्तानले बताईन् । गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयको पोसाक, सरकारी कर्मचारीहरु र जनप्रतिनिधिहरुको पोसाक अनिवार्य रुपमा सोही गार्मेटमा तयार गर्ने गरी योजना बनाईएको अध्यक्ष मुक्तानको भनाई छ ।

गाउँपालिकाका उपाध्यक्ष बिमला माझीले यस अघि धेरै सिपमूलक तालिमहरु संचालन भए पनि दिगो नभएको भन्दै यो तालिम लिएका महिलाहरुले पनि सिकेको सिपको सदुपयोग गरी आयआर्जनमा लाग्ने विश्वास व्यक्त गरीन् । ५ नम्बरका वडाअध्यक्ष दिपक माझीले गाउँपालिका र प्रदेश सरकारले तालिम पछि पनि नियमित सहकार्य र सहयोग गरेमा मात्रै गार्मेट उद्योग संचालन गर्न सकिने बताईन्।

३ हप्ता अगाडि

प्रतिक्रिया