मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

३ हप्ता अगाडि

काठमाडौँ - कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारूको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना  प्रहरीले बताएको छ।मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारू गम्भीर घाइते भएका छन् ।


 

३ हप्ता अगाडि

प्रतिक्रिया