कार्यदलको बैठक सिंहदरबारमा सुरु

३ हप्ता अगाडि

काठमाडौँ - सहकारीको विषयमा छानबिन समिति बनाउन कार्यविधि तय गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । दिउँसो ३ बजे बोलाइएको बैठक कार्यदलका संयोजक रहेका कानुन मन्त्री पदम गिरी पर्वतबाट फर्कँदा ढिलो सुरु भएको हो । 

मन्त्री गिरी आएपछि बैठक सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जानकारी दिए । आजको बैठकमा संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर कांग्रेसले नाम लिएका सूर्यदर्शन, सुप्रीम लगायतका सहकारीको नाम राखेर छानबिन समिति गठन गर्ने सत्तापक्षले विकल्प दिने र त्यसमाथि छलफल हुने खनालको भनाई रहेको छ । कांग्रेसले मन्त्री लामिछानेको नाम नराखी उनीसँग जोडिएका सहकारीबारे छानबिन गर्नका लागि विकल्प ल्याउन सत्तापक्षलाई आग्रह गरेको थियो । आजको बैठकमा सत्तापक्षले दिएको विकल्पमाथि छलफल हुँदैछ ।

३ हप्ता अगाडि

प्रतिक्रिया