काठमाडौँ - नेपाल रेडक्रस सोसाइटी मार्बु उपशाखा कार्य समितिको प्रथम निर्वाचन सम्पन्न भएको छ । जीवन शर्मा रिमालको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
कार्यसमितिको उपसभापतिमा पम्फी भुजेल, सचिवमा यज्ञराज चौंलागाई, उपसचिवमा दुर्गाबहादुर खड्का, कोषाध्यक्षमा शिवप्रसाद रिमाल र उपकोषाध्यक्षमा गोपाल सार्की निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा डिलाकुमारी कँडेल, प्रकाश ढुंगेल, शिवप्रसाद रिमाल र उर्मिला खड्का निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रम नेपाल रेडक्रस सोसाइटी दोलखाका अधिकार सम्पन्न प्रतिनिधि रविचन्द्र आचार्य र बाबुलाल तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया