साहित्य समाजको ऐना हो : खिलराज रेग्मी

३ हप्ता अगाडि

काठमाडौँ - मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाज समय सापेक्ष हुनुपर्ने बताएका छन् । दायित्व वाङ्मय प्रतिष्ठान नेपालको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले साहित्य समाजको ऐना भएको बताएका हुन् । 

उनले प्रकृति र मानव जीवनका लागि उपयोगी र उपयुक्त माध्यम भनेको साहित्य रहेको जिकिर गरे । उनले मानव र समाजको लागि अनुपयोगी वा बिरुद्ध हुने कुनैपनि कार्य वा सिर्जना प्रकृति र सृष्टिको नियमविरुद्ध हुने जिकिर गरे । उनले भने, ‘समय गतिशील छ र समाज पनि प्रगतिशील एवं परिवर्तनशील छ । त्यसैले हाम्रा सिर्जना र कामहरू पनि समय सापेक्ष र समाज सापेक्ष हुनैपर्छ । त्यसमा पनि जहाँमा रवि पुग्दैन, त्यहाँ कवि पुग्छ भनिन्छ । कल्पनाशीलता रचनात्मक र सिर्जनात्मक भयो भने समाजलाई डोर्‍याउन सक्छ, मार्ग दर्शन दिनसक्छ ।

अनि मात्र समाजका अगुवा नेता वा नेतृत्वको कुरा पनि यस्तै हो भन्ने मलाई लाग्छ । म कल्पना गर्दछु, त्यतिबेला पिँजडाको सुगा लेख्ने कवि शिरोमणि लेखनाथ अहिले भए के लेख्दा हुन्, सायद सामाजिक उन्नति, समृद्धि र आत्मविकासको कुरा त्यस्तै केही लेख्दा हुन् भन्ने कल्पना गर्दछु ।’ कार्यक्रममा दायित्व वाङ्मय विशिष्ट सम्मानबाट रमेशचन्द्र देवकोटा र डि।आर। पोखरेल, दायित्व वाङ्मय सम्मानबाट अमरकुमार प्रधान र वासुदेव गुरागाईं, विद्वच्छिरोमणि हेमराज पुरस्कारबाट प्रा। दिनेशराज पन्त, दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट सिर्जनशिल अपाङ्ग विद्यालय,हरिकला गुणाकर दायित्व रचना पुरस्कारबाट विष्णुप्रसाद शर्मा पराजुली, दायित्व सीता पन्त स्रष्टा पुरस्कारबाट रागेश्वरी पन्त, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट सृष्टि केसीलाई सम्मान गरिएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया