काठमाडाैँ - अधिकांश स्थानमा मौसम सफा रहने, पहाडीभेगमा हावाहुरीसहित सामान्य वर्षाको संम्भावना रहेकाे छ । आज देशका अधिकांश स्थान सफा रहने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । विभागका अनुसार देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू भागका थोरै स्थानहरूमा तथा बाँकी भू भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का देखि मध्यम बर्षा तथा मधेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया