कस्तो होला यो साताको पहिलो कारोबार, बढ्नेक्रमले पाउला निरन्तरता ?

३ हप्ता अगाडि

काठमाडाैँ  -अघिल्लो साता उत्साहपूर्ण देखिएको  शेयर कारोबार यो साता के होला भन्ने बढ्ने क्रमले निरन्तरता पाउला वा नपाउला भन्ने जिज्ञासा रहेको छ। अधिकांश लगानीकर्ताहरु अहिलेको ट्रेन्डलाइ बजार बुलिसतर्फ उन्मुख भएको दाबी गर्छन् । यस साता नेप्से परिसूचक बुधबार सार्वजनिक बिदा परेकाले यो साता चार दिन बजार कारोबार भएको थियो ।  अघिल्लो साता नेप्से परिसूचक ११२ दशमलव ७३ अंक ५.५८ बढेर २,१३१.४९ मा बन्द भयो। अघिल्लो साताको तुलनामा २.६७ बढेर सूचक गत साता २,०१८.७६ मा बन्द भएको थियो ।

यो साता परिसूचक २,१४०.०२ सम्म उच्च र २,०२८ दशमलव १५ सम्म पुग्यो, जसले गर्दा १११ दशमलव ८७ अंकको अस्थिरता देखिएको छ। अघिल्लो साता परिसूचकले ८६.०२ अंकको अस्थिरता देखाएको थियो । खसबैभन्दा बढी इन्ट्राडे घाटा आइतबार ४५.६९ बिन्दुले ५.२५ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २१.९ अर्ब रहेको छ । सेयर बजारमा आइतबार निकै उत्साह छाएको छ । नेप्से सूचकसहित कारोबार रकममा पनि नयाँ उमंग देखिएको हो । यस दिन नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । विशेषगरी बिमा समूहमा अधिक चमक आएको थिए ।

सबैभन्दा बढी इन्ट्राडे घाटा आइतबार ४५.६९ बिन्दुले ५.२५ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु २१.९९ अर्ब रहेको छ । यो साता ३ लाख ७ हजार ६ सय ९१ कारोवारबाट ५ करोड ४२ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण रू। ३,३७९,९१०.३४ खर्ब रुपैयाँ पुगेको छ । 

मौद्रिक नीति समीक्षापछि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिन्छ । विशेषगरी समीक्षाले बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको छ । 

यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइने व्यवस्था छ । यस प्रावधानले बैंकहरुले सेयर खरिद बढाउन सक्ने देखिएको छ । यसै प्रावधानको सकारात्मक प्रभाव बजारमा परेको अनुमान गरिएको छ । अब बैंकहरुले सस्तो मूल्यका सेयरहरु खरिद गर्न सक्ने अवस्था छ । किनभने अहिले किनेको सेयर एक वर्षपछि नाफा लिएर बिक्री गर्न सक्ने अनुमति केन्द्रीय बैंकले दिएको छ ।  यस्तै, मौद्रिक नीति समीक्षाले समग्रमा कर्जा विस्तार तथा लगानी अभिवृद्धि गर्ने नीति लिएको छ । यसको सकारात्मक प्रभाव पनि परेको हुन सक्छ । यसबाहेक, ब्रोकर कमिसन पनि घटाइएको छ । जेठदेखि ब्याजदर थप घटेको छ । यी नयाँ व्यवस्थाले पनि सेयर बजारमा सकारात्मक माहोल ल्याउन सक्ने सम्भावना छ । 

आगामी दिनमा बैंकहरुको मुनाफा पनि वृद्धि हुँदै जाने संकेतहरु देखिएका छन् । यी तथ्यहरुका आधारमा अब विस्तारै अनि समग्रमा बजारले सकारात्मक बाटो समाउँदै जाने सम्भावना छ । यता, सेयर बजारमा विस्तारै सिजन सुरु हुन थालेको छ  सामान्यतयः जेठ, असार, साउन लगायतका महिनालाई सेयर बजारको सिजनका रुपमा लिने गरिन्छ । यसपटक सिजनमा नेप्सेले कस्तो पर्फमेन्स गर्ने हो त्यो भने हेर्न बाँकी नै छ । बजार विस्तारै अघि बढ्न खोजेको देखिन्छ । दीर्घकालीन लगानीकर्ताका लागि पनि सेयर खरिद गर्ने उपयुक्त यो समय हुन सक्ने देखिन्छ । यद्यपि, लगानी गर्दा वित्तीय सूचक भने अध्ययन गर्नुपर्ने हुन्छ । यता, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा पुँजी बजार सुधार गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया