कामना सेवा विकास बैंकको  संस्थापक सेयर लिलामीमा

सोमबार, ०३ असार २०८१, १३ : २०

काठमाडौँ - कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले सोमबार सूचना जारी गर्दै ३५ दिनभित्र इच्छुकलाई आवेदन दिन भनेको हो।

प्रथम पटक सूचना जारी गरेको बैंकले अहिले संस्थापक सेयरधनीबाट मात्रै आवेदन माग गरेको छ। ३५ दिनभित्र सेयरधनीबाट लिलामी हुन नसकेको खण्डमा मात्रै अन्य लगानीकर्ताले सेयरका लागि आवेदन दिन पाउनेछन्। पहिलो चरणमा संस्थापक सेयरधनीबाट लिलाम गर्ने प्रावधान अनुरुप बैंकले आवेदन माग गरेको हो। बैंकले सेयरधनीको नाम र सेयरको मूल्य भने खुलाएको छैन।

सोमबार, ०३ असार २०८१, १३ : २०

प्रतिक्रिया