काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज असार २ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ४ गते मंगलबार बुक क्लोज गर्ने भएको छ ।
सोमबार असार ३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भए पनि सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । सोमबार सेयर बजार बन्द रहने भएकाले आज आइतबार सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । यसर्थ, कम्पनीको लाभांश पाउन आज नै सेयरधनी बन्नु पर्ने हुन्छ । लाभांश प्रस्तावसहित कमपनीले असार १८ गते २ आर्थिक वर्षिको साधारण सभा बोलाएको छ । सभा, भिष्वा, वीरगंज (पर्सा)मा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
प्रतिक्रिया