काठमाडौं- एनआइसी एसिया बैंकले आज (जेठ १३ गते) देखि आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम ७५८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । त्यसैगरी, न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा जेठ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
प्रतिक्रिया