काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले रोष्टमबाट बोल्दा नेपाली कांग्रेसका सांसदहरूले होहल्ला गरेका छन् । सांसद वाग्लेले संसदीय छानबिन समिति बनिसकेको अवस्थामा कांग्रेसले गरिरहेको संसद् अवरुद्ध औचित्यहीन र कर्मकाण्डी विरोध रहेको टिप्पणी गरे ।
उनले भने– ‘६५ वर्ष अगाडि वीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्याउनका लागि, यो लज्जास्पद औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ । संसद्को ओज गरिमा, उपादेयतालाई असान्दर्भिक बनाउने हो कि समाधान गर्ने हो रु ७४ लाख बचतकर्ताको समस्या समाधान उन्मुख हुने हो कि व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने हो । संसदीय छानबिन समिति बनिसकेको छ, यो औचित्यहीन कर्मकाण्डी विरोधको कुनै सान्दर्भिक छैन ।’ उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आफ्नो दलले समर्थन गर्ने बताए ।
प्रतिक्रिया