सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्रीमा

आइतबार, १३ जेठ २०८१, १३ : १९

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । 

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ६२९.२३ कित्ता संस्थापक सेयर जेठ १२ गतेदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।  

आइतबार, १३ जेठ २०८१, १३ : १९

प्रतिक्रिया