सिन्धुपाल्चोकका १४ हजार बालबालिकालाई खोप लगाईंदै

३ हप्ता अगाडि

काठमाडौँ - सिन्धुपाल्चोकका १४ हजार ९७४ बालबालिकालाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन सुरु गरिएको छ । सदरमुकाम चौताराको कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालयका बालबालिकालाई खोप लगाएर खोप अभियान सुरु गरिएको छ । 

२०७३ जेठदेखि २०७५ भदौसम्म जन्मिएका तर उक्त खोप लगाउन छुट भएका बालबालिकालाई आई पि भी खोप लगाउन थालिएको छ  । साथै उक्त सङ्ख्या मध्य जनस्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखाको खोजतलास अनुरुप अहिले १० हजार ८७९ बालबालिकालाई खोप दिन थालिएको हो । जिल्ला समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बाह्रबिसे नगरपालिका–४ नम्बर वडास्थित प्राइभेट प्याराडाइज सेकेण्डरी स्कुलका बालबालिकालाई खोप लगाएर अभियानको सुरुवात गरेका हुन्  । आजदेखि १७ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । 
 

३ हप्ता अगाडि

प्रतिक्रिया