सेयर बजारमा दोहोरो अंकको गिरावट

३ हप्ता अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार २२.१४ अंकले घटेर २१०९ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ वटा उपसूचक राताम्मै भएको छ ।

उक्त दिन इन्फिनिटी लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको हो । त्यसैगरी, विन नेपाल लघु्वित्तको ६.३५ प्रतिशत, भगवती हाइड्रोपावरको ५.८८ प्रतिशत, गणपति लघुवित्तको ५.६९ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैकको ५.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया