फागुनसम्म ३५ हजार विपन्न नागरिकले पाए निःशुल्क उपचार

३ हप्ता अगाडि

काठमाडौं - चालु आर्थिक वर्ष २०८०\८१ को फागुनसम्म  सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गतको विपन्न  ३५ हजार विपन्न नागरिकले सेवा लिएका छन् । फागुनसम्म ३५ हजार एक सय ४३ विपन्न नागरिकले सेवा प्राप्त गरेका हुन् ।

आज सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८०\८१ मा १७ हजार आठ सय ८८ ले क्यान्सर, पाँच हजार दुई सय ९९ ले मुटु, एक सय ९१ ले मिर्गौला प्रत्यारोपणसहित आठ हजार आठ सय ८२ नागरिकले मिर्गौलासम्बन्धी सेवा पाएका छन् । त्यसैगरी हेमोडायलाइसिसको उपचार सात हजार तीन सय आठ, पेरिटोनियल डायलाइसिस तीन सय ६९, मिर्गौलाको औषधि सेवन गरिरेहका छ सय छ, सेरो पोजेटिभ हेमोडायलाइसिस एक सय ६६ जना र क्रस म्याचका दुई सय ४२ जना बिरामीले सेवा लिएका छन् । पार्किन्सन्सका ७८, अल्जाइमर ३४, हेड इन्जुरी पाँच सय ६४, स्पाइनल इन्जुरी आठ सय ७७ र सिकलसेल एनिमियाका एक हजार पाँच सय २१ जनाले सहुलियत लिएका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया