नेप्सेको पुनसंरचनागरी पुँजी बजारको दायरा र आकार वृद्धि गराउन आवश्यक

सोमबार, १४ जेठ २०८१, ०६ : ४९

काठमाडाैं - नेप्सेको पुनसंरचनागरी पुँजी बजारको दायरा र आकार वृद्धि गराउन आवश्यक रहेको  महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । आइतबार जारी प्रतिवेदनमा धितोपत्र दलालहरूको उपस्थितिले लागत घटाउन नसकिएको र निजी क्षेत्रलाई प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल सञ्चालन गर्न उत्प्रेरित गर्ने वातावरण नियमनकारी निकायहरूले बनाउन सकेको देखिँदैन। बजारको क्षेत्रगत विविधता बढाउने, धितोपत्र व्यवसायीको सेवा विस्तार, विदेशी लगानीकर्तालाई लगानीमा सहजता, वस्तु बजारको लागि नियमनकारी व्यवस्थाको सुदृढीकरण गर्न सरकारी स्वामित्वमा रहेका नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) पुनःसंरचना गरी पुँजी बजारको दायरा र आकार वृद्धि गराउन जरुरी देखिएको छ।

पुँजी बजार पुँजी बजारका पूर्वाधारहरूको क्षमता वृद्धि र विकास भएमा लगानीको निम्ति पुँजी आपूर्ति वृद्धि भई मुलुकको आर्थिक विकासले गति लिने दाबी गरिन्छ । सूचीकृत ३२५ कम्पनीको २०८० असारमा बजार पुँजीकरण रू।३० खर्ब ८२ अर्ब ५ करोड रहेको छ। कर्पोरेट पेपर र ऋणपत्र बजारको उपस्थिति शुन्य प्रायः रहेको छ। भेन्चर क्यापिटल र प्राइभेट इन्भेष्टमेन्ट जस्ता व्यवसायलाई धितोपत्र बजारमा ल्याउन सकेको छैन।


 

सोमबार, १४ जेठ २०८१, ०६ : ४९

प्रतिक्रिया