रोजगारीका लागि झण्डै ६० लाख नेपाली विदेशमा

३ हप्ता अगाडि

काठमाण्डौ – सुखी नेपाली र समृद्ध नेपालको जति नारा लगाए पनि रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्यामा कमी आउन सकेको छैन । अहिले पनि भण्डै ६० लाख नेपाली विदेश गएको आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन् । यसमध्ये पुरुष ८६ दशमलव ४ प्रतिशत र महिला १३ दशमलव ६ प्रतिशत रहेका छन् ।

उच्च शिक्षा अध्ययन बाहेक पनि रोजगारीको लागि विदेश जाने नेपालीको संख्या बढ्दै जानु भविष्यका लागि पनि घातक छ । आर्थिक सर्वेक्षणअनुसार गएको फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपीएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन् । कतार, मलेसिया, साउदी अरब, यूएई र कुवेतमा नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्यको रुपमा रहेको छ । पछिल्लो अवधिमा यूएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या पनि बढेको छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया