चालु आर्थिक वर्षको फागुनसम्म १९४ बिरामीले गरे  मिर्गौला प्रत्यारोपण

३ हप्ता अगाडि

काठमाडौँ- चालु आर्थिक वर्षको फागुनसम्म गत वर्षको तुलनामा ६९ जना बढीले मिर्गौला र १४ बढीले कलेजो प्रत्यारोपण गरेका छन् । 

आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १९४ बिरामीमा मिर्गौला र १५ बिरामीमा कलेजो प्रत्यारोपण गरेका हुन् । उनीहरूले विभिन्न सार्वजनिक स्वास्थ्य संस्थाबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरेको आर्थिक सर्वेक्षण मा उल्लेख छ । 

गत आर्थिक वर्षको फागुनसम्म १२५ बिरामीको मिर्गौला प्रत्यारोपण र १ बिरामीको कलेजो प्रत्यारोपण गरेका थिए । आर्थिक वर्ष २०७९/८० सम्ममा ३०२ बिरामीमा मिर्गौला र ४ बिरामीमा कलेजो प्रत्यारोपण गरेको सर्वेक्षणमा उल्लेख छ । 

३ हप्ता अगाडि

प्रतिक्रिया