फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु

३ हप्ता अगाडि

काठमाडौँ- चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु भएको छ । आर्थिक सर्वेक्षण २०८०र८१ मा गत वर्षको तुलनामा डेङ्गुबाट मृत्यु हुनेको संख्या घटेको उल्लेख गरिएको छ।   

चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ४१ हजार ६ सय २८ सङ्क्रमित भएकोमा ३३ व्यक्तिको मृत्यु भएको हो ।  गत आर्थिक वर्षको सोही अवधिमा डेङ्गुबाट कुल ५४ हजार ५ सय ६१ सङ्क्रमित भएकोमा ८८ व्यक्तिको मृत्यु भएको थियो । यस अवधिमा डेङ्गु नियन्त्रण तथा रोकथामका लागि बहु–निकाय तथा बहु सहकार्य सचेतनामूलक कार्यक्रम सञ्चालन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।  सर्वेक्षण अनुसार ५ सय स्वास्थ्यकर्मीले डेङ्गु रोकथाम तथा जनचेतना अभिवृद्धिसम्बन्धी अभिमुखीकरण तालिम प्राप्त गरेका छन् ।

३ हप्ता अगाडि

प्रतिक्रिया