काठमाडौं - महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले शिक्षा क्षेत्रमा १५ करोड ६१ लाख ६७ हजार बेरुजु बाँकी रहेको पाइएको छ।
सार्वजनिक भएको प्रतिवेदनमा २०८० को आर्थिक वर्ष २०७९\०८० मा शिक्षा मन्त्रालय र मातहत समेतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजुको स्थिति देखाएको छ। जसमा सरकारी कार्यालयतर्फ ५७ निकायमा १६ करोड ३४ लाख ९३ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ निकायले ७३ लाख २६ हजार फर्स्योट गरेका थिए । अब १५ करोड ६१ लाख ६७ हजार बेरुजु बाँकी रहेको छ। ‘सोमध्ये ३४ लाख ३९ हजार म्याद नाघेको पेस्की रहेको छ,’प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया