काठमाडौँ - ज्योति विकास बैंक लिमिटेडले एक सूचना जारी गरेर संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति कम्पनी संघसंस्था वा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया