काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । सोमबार बजार ३.९३ अंकले बढेर २११३ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१७ कम्पनीको ९३ लाख ३० हजार २९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ । यस दिन मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, कालिञ्चोक दर्शनको ९.७९ प्रतिशत, पोखरा फाइनान्सको ८.४० प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको ८.१३ प्रतिशतले मूल्य बढेको छ ।

सबैभन्दा बढि सेयर कारोबार गर्ने कम्पनीहरु
यस दिन सबैभन्दा बढी एनआरएन इनफ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २४ करोड ४० लाख ४७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १८ करोड ५२ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन पोखरा फाइनान्सको १८ करोड ४७ लाख ४१ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १० करोड ४२ लाख ७८ हजार रुपैयाँ र कालिञ्चोक दर्शनको ९ करोड ३२ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया