शिक्षक सरुवा सम्बन्धी नयाँ व्यवस्था

३ हप्ता अगाडि

काठमाडौँ – विद्यालय शिक्षामा देखिएका समस्याहरु समाधान गर्ने सन्दर्भमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले केही नयाँ व्यवस्था गरेको छ । अबदेखि मन्त्रालयले स्वीकृत गरेको निर्देशिका अनुसार स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न पाउने व्यवस्था गरेको छ ।

यस निर्णयपछि विद्यालयमा हुने राजनीति केही कमी हुने विश्वास गरिएको छ । निर्देशिकामा ‘दुवै विद्यालय एउटै स्थानीय तहभित्रका भएमा र तह, विषयसमेत यकिन गरी पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तह आफैँले गर्न सक्ने’ उल्लेख गरिएको छ ।

उक्त निर्देशिकामा भनिएको छ ‘पेस भएका कागजात रुजु गरी तीन दिनभित्र अन्तर स्थानीय तह वा जिल्लान्तर रूपमा शिक्षकको सरुवासम्बन्धी निर्णय गरी सम्बन्धित शिक्षक, विद्यालय, स्थानीय तह र एकाइलाई जानकारी दिनुपर्नेछ ।’

३ हप्ता अगाडि

प्रतिक्रिया