काठमाडौं - क्यान्सर सेन्टर (kcc) ले २५ मे, २०२४ मा होटल हिमालय, कुपन्डोलमा "दोस्रो मिनिङ्गफुल क्यान्सर अपडेट" आयोजना गर्यो। यस वर्षको विषयवस्तु थियो "प्रीसिजन इन ट्रीट्मेन्टस् टार्गेटिङ लिभर क्यान्सर्स इफेक्टिभली" । ग्यास्ट्रोएन्टेरोलजी, इन्टर्भेन्सन रेडियोलोजी, प्याथोलोजी लगायत विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो ।
प्रस्तोतामा डा. अनन्त श्रेष्ठ, डा. मुकुन्दराज जोशी, डा. अजित थापा, डा. सुभाष पण्डित, डा. दीप लामिछाने, डा रमेश सिंह भण्डारी, डा. सञ्जय पौडेल, डा सुन्दर सुवाल, डा. राकेश पाठक, डा. विशाल पौडेल, रमिला शिल्पकार थिए । कार्यक्रमको मुख्य आकर्षणमा युनिभर्सिटी अफ साइन्स मलेशियाका डा. गोकुला कुमारद्वारा ब्र्याकियोथेरापीबारे गरिएको छलफल रहेको थियो।मल्टिडिसिप्लिनरी ट्युमर बोर्डको अध्यक्षतामा डा. मुकेश शर्मा पौडेलले विज्ञहरुबीच ज्ञान आदानप्रदान गर्न सहज बनाए। केसीसीका अध्यक्ष डा. सिमित सापकोटाले गत वर्षको कार्यक्रमको प्रभावलाई प्रकाश पार्दै सहभागीहरुलाई धन्यवाद दिए ।
प्रतिक्रिया