गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर निष्काशनका लागि कुमारी क्यापिटल नियुक्त

सोमबार, १४ जेठ २०८१, १६ : ३८

काठमाडौँ - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २२,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सुरक्षित भोलिको लागि स्मार्ट लगानी भन्ने उदेश्यका साथ स्थापित गार्डियन माइक्रो–लाइफ इन्स्योरेन्स नेपालको पहिलो पुर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुजीवन बीमा कम्पनी हो । जसमा १४ हजार भन्दा बढी पोलिसीहोल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् र केन्द्रिय कार्यालय सहित शाखा उप शाखा तथा एक्सटेसन काउण्टर गरी देशभर २६ कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ  । 
 

सोमबार, १४ जेठ २०८१, १६ : ३८

प्रतिक्रिया