बजेट उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनुपर्ने : अध्यक्ष कुँवर

सोमबार, १४ जेठ २०८१, १७ : ५५

काठमाडौँ - संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले आगामी आर्थिक वर्षको बजेट उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्। अध्यक्ष कुँवरले सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गर्ने बजेट उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका हुन् । 

उनले उत्पादन, रोजगारीमुलक उद्योगमा समेत बजेट केन्द्रित बनाउनु अहिलेको आवश्यकता भएको बताए  । अध्यक्ष कुँवरले रोजगारीमुलक क्षेत्रमा बजेटको प्राथमिकता हुनुपर्ने माग रहेको बताए । उनले मुलुकमा सामाजिक सुरक्षामा दायित्व बढ्दै गएको भन्दै त्यसले दिगो विकासमा प्रश्नचिह्न खडा भएको बताए। उनले वृद्धहरुको आयु बढ्दै जाने र सरकारले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गर्दै लैजाँदा सरकारलाई हेरक वर्ष दायित्व बढ्दै गएको बताए ।

अध्यक्ष कुँवरले सामाजिक सुरक्षामा योगदानमा आधारित सामाजिक सुरक्षालाई विकल्प बनाउने गरी बजेट आउनुपर्ने बताए । उनले सबै क्षेत्रलाई सामाजिक सुरक्षामा समेट्ने गरी बजेट ल्याउनुपर्ने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा लागू गरी श्रम बजारलाई द्वन्द्वरहित बनाउने बजेट ल्याउन सुझाव दिए । उनले त्यस्तो बजेट आएमा उत्पादनमुलक हुने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको मान्यता रहेको बताए । अध्यक्ष कुँवरले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने बजेट ल्याउनसके मुलुकको श्रम बजार मर्यादित हुने बताए ।

सोमबार, १४ जेठ २०८१, १७ : ५५

प्रतिक्रिया