काठमाडाैं - युनाइटेड अजोड इन्स्योरेन्स ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले जेठ ३१ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात हाल कायम १०० कित्ता बराबर १५ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै सभाले चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले जेठ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया