मन्त्रिपरिषद् बैठक र बजेट भाषणको समय दिउँसो २ बजेका लागि सर्‍यो

मंगलबार, १५ जेठ २०८१, १२ : ३०

काठमाडौँ -  मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ । 

यस्तै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । मन्त्रीपरिषद् बैठक र संसद् बैठकको समय परिवर्तन भएको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जानकारी दिए । संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको बुझिएको छ ।


 

मंगलबार, १५ जेठ २०८१, १२ : ३०

प्रतिक्रिया