काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीको समयमा ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् ।
उनले लेखेका छन्– अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारिको समयमा ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन । मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।
प्रतिक्रिया