बजेटको तयारी पूरा

मंगलबार, १५ जेठ २०८१, १४ : ४४

काठमाडौँ - आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । 

हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।
 

मंगलबार, १५ जेठ २०८१, १४ : ४४

प्रतिक्रिया