बजेट पढ्न तयार अर्थमन्त्री

मंगलबार, १५ जेठ २०८१, १४ : ५९

काठमाडौँ - आर्थिक वर्ष २०८१\८२ को बजेट बाचन गर्न अर्थमन्त्री तयार भएका छन् । उनी बजेटको फेरिएको बजेट पुस्तिका रहेको ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् । 

मन्त्री पुनले बजेट ब्रिफकेस सेतो रङमा ढाकाको कपडा मिश्रित रहेको छ । यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग गर्दै  आएका थिए। मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै संसद्को संयुक्त सदनमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन् । मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ ।  

मंगलबार, १५ जेठ २०८१, १४ : ५९

प्रतिक्रिया