विद्यालय तहमा प्रदान गरिने छात्रवृत्तिका लागि ६० करोड

मंगलबार, १५ जेठ २०८१, १६ : ४६

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन गरेको बताएका छन् । 

अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ । हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो । यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको अर्थमन्त्री पुनले बताए ।


 

मंगलबार, १५ जेठ २०८१, १६ : ४६

प्रतिक्रिया