काठमाडौं – केपी ओलीले संसद बिघटन गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका थिए । परमादेशबाट मुख्यमन्त्री पनि नियुक्त हुने प्रचलन सरु भएको छ, गण्डकी प्रदेशबाट । सर्वोच्च अदालतको आदेशमा आजै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।
स्मरणीय के छ भने पाण्डे मुख्यमन्त्री बने पनि गण्डकी सरकार स्थिर बन्ने अवस्था छैन । गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दल हो । गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । उनलाई ३१ सांसदको समर्थन जुटाउन सजिलो छैन ।
स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मत मात्र जुट्छ । पाण्डेले ३० दिनभित्र अर्थात् आगामी असार १३ भित्रै विश्वासको मत लिनैपर्छ । त्यसअघि नयाँ बन्ने सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यव्रmम ल्याउनैपर्ने बाध्यता छ । पाण्डे सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित हुने अवस्था छैन ।
प्रतिक्रिया