स्मार्ट’ आमाहरुको सम्मान

बुधबार, १६ जेठ २०८१, १० : ०२

काठमाडौं– गुल्मीको छत्रकोट गाउँपालिकाले स्मार्ट आमाहरूलाई सम्मान गरेको छ । पालिकाले निर्धारण गरेका विभिन्न सूचकको आधारमा छनोट भएका ६ वटा वडाका १८ जना आमाहरुलाई सम्मान गरेको हो ।

स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलका अनुसार, गाउँपालिकाले निर्धारण गरेका स्वास्थ्यका सूचकहरू पूरा गर्ने प्रत्येक वडाका ३र३ जना आमा छनोट गरेर सम्मान गरिएको थियो । साथै ‘सुनौला हजार दिन’का आमा र बच्चा दुवैलाई स्वास्थ्य पहुँच दिलाउने उद्देशयले जिल्लामै पहिलो पटक स्मार्ट आमा सम्मान कार्यक्रमको आयोजना गरिएको पोखरेलले बताए ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले 
न्यून पोषण र गर्भावस्थामा पुर्याउनुपर्ने स्वास्थ्य चेकजाचँमा उदासिनताका कारणले गर्भवस्था र सुत्केरी अवस्थामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुनौला हजार दिनका आमाहरुलाई लक्षित गरी स्मार्ट आमा सम्मान कार्यक्रमको सुरु गरेको बताए । 

स्मार्ट आमा कार्यक्रमको उद्देश्य, बालबालिकालाई नियमित तौल अनुगमन, खोप, बालभिटा, भिटामिन ए र जुकाको औषधी खुवाउने लगाएतका स्वास्थ्य सेवा लिनको लागि परामर्श गरि बालबालिकालाई सुपोषित बनाउने   बताइएको छ । 

स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले स्मार्ट आमा कार्यक्रम राम्रो योजना भएकाले यसले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच पुर्‍याउन सहयोगी भूमिका खेल्ने बताए ।

बुधबार, १६ जेठ २०८१, १० : ०२

प्रतिक्रिया