प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामिमा

बुधबार, १६ जेठ २०८१, १२ : १६

काठमाडौं- प्रभु बैंक र स्वावलम्बन लघुवित्तको आज (जेठ १६ गते) देखि संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।

 जसमा प्रभु बैंकको ६१ हजार ६६२ कित्ता सेयर रहेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  यस्तै, स्वावलम्बन लघुवित्तको १६ हजार ५२८ कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको लिलामीमा असार १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।

बुधबार, १६ जेठ २०८१, १२ : १६

प्रतिक्रिया