प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको संस्थापक सेयर लिलामी बिक्री खुला

विहीबार, १७ जेठ २०८१, ०९ : ४२

काठमाडाैँ-  प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले आज जेठ १७ गते देखि आफ्नो स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले साना किसानको ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । 

यसमा लगानीकर्ताले न्यूनतम ३३० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । त्यसैगरी, न्यूनतम १ हजारदेखि अधिकतम ४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा असार १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

विहीबार, १७ जेठ २०८१, ०९ : ४२

प्रतिक्रिया