कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी  विरुद्ध पक्राउ पुर्जी जारी

विहीबार, १७ जेठ २०८१, १० : ३३

 काठमाडाैँ - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र  प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ। 

नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासतपछि हिजो (जेठ १६ गते) मात्र सिरोहिया हाजिरी जमानी छुटेका छन्। त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो। 
 

विहीबार, १७ जेठ २०८१, १० : ३३

प्रतिक्रिया