प्री ओपन सेसनमा बढ्यो नेप्से

विहीबार, १७ जेठ २०८१, ११ : ४०

काठमाडौं-  प्री ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। सेयर कारोबार साताको अन्तिम दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक १.५९ अंकले बढेर २०९१.०२ विन्दुमा कायम भएको छ।

यो सेसनमा ४० वटा स्क्रिप्सको ९ हजार २९० कित्ता सेयर १ करोड ४५ लाख १३ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका २२ स्टकको मूल्य बढ्दा १७ वटाको घट्यो भने बाँकी १ स्टकको मूल्य यो समयमा स्थिर रह्यो।


 

विहीबार, १७ जेठ २०८१, ११ : ४०

प्रतिक्रिया