हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

विहीबार, १७ जेठ २०८१, १२ : ०७

 

काठमाडौँ - हिमालयन बैंकको १५ लाख ५१ हजार २५ कित्ता  सेयर बिक्रीमा राखिएको छ। विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापकसेयरधनीले तोकिएको अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। सेयरको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

विहीबार, १७ जेठ २०८१, १२ : ०७

प्रतिक्रिया