आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा

विहीबार, १७ जेठ २०८१, १२ : ११

काठमाडौँ - नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो नवौं वार्षिक साधारणसभा आज बस्दै छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत लाभांशको व्यवस्था गरेको छ ।

कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो ।कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

 

विहीबार, १७ जेठ २०८१, १२ : ११

प्रतिक्रिया